बागमती सरकारद्धारा पलेशालाई १० लाख, एरिकालाई ५लाख नगदसहित सम्मान

काठमाडौं । पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य बिजेता पलेशा गोवर्द्धन र एशियाली खेलकुदमा रजत बिजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।

बागमती सरकारले संविधान दिवसको अवसरमा पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरेको हो । यो अहिलेसम्मकै ठूलो पदक हो ।प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ । यसैगरी एशियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिकाई ५ लाखसहित सम्मान गरिएको छ ।

एरिका एसियन च्याम्पियनसिपमा भाग लिन चीनमा रहेको कारण उनकी आमा रत्ना गुरुङले सम्मान ग्रहण गरिन् । एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाखसहित सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here