सिद्धबाबा सुरुङका दुई बाइपास सुरुङ छिचोलिए

काठमाडौं । निर्माणाधीन सिद्धबाबा सुरुङ परियोजना अन्तर्गत दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । यस परियोजनामा कुल तीन वटा वाइपास निर्माण गरिँदैछ । यसमध्ये बाइपास सुरुङ ३ को २६ भदौका दिन ब्रेक थ्रु भएको थियो । शुक्रबार बाइपास सुरुङ १ को ब्रेक थ्रु गरिएको हो ।

बाइपास सुरुङको लम्बाइ १३० मिटर र बाइपास १ को लम्बाइ १५१ मिटर रहेको छ । बाइपास २ सुरुङको लम्बाइ १६१ मिटर रहेको छ । जसको अहिलेसम्म ११७ मिटर खनिएको छ । सिद्धबाबामा मुख्य सुरुङको लम्बाइ आधा खनिएको छ । पछिल्लो तथ्यांक अनुसार मूख्य टनेल ५ सय ४५ मिटर खनिएको छ ।

यस आयोजनामा ११ सय २६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । सिद्धबाबा सुरुङको ठेक्का दुई वर्ष अगाडिदेखि नै लागेको भए पनि काम भने गत माघदेखि सुरु भएको हो । यो राजमार्गले भारतलाई पोखरासँग जोड्ने काम गर्छ । साथै पश्चिम नेपालको लाइफलाइनका रुपमा पनि सिद्धार्थ राजमार्गलाई लिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here