किसानलाई धान तत्काल नकाट्न, काटिसकेको धान भित्र्याइहाल्न आग्रह

काठमाडौं । मौसमविद्‌ले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेसँगै विभिन्न स्थानका किसानहरुलाई धान काटिसकेको भए तत्काल भित्र्याउन आग्रह गरिएको छ । पालिकाहरुले धान काटिसकेको भए तत्काल भित्राउन रनकाटेको भए तत्काल नकाट्न पनि पालिकाहरुले अनुरोध गरेका छन् ।

यो सूचना प्रवाहका लागि कैलालीको धनगढी उपमहानगरपालिकाले वडा–वडा माइकिङ गर्दै आएको छ । माइकिङका लागि नगर प्रहरीहरु परिचालन गरिएको छ ।
त्यस्तै दाङको गढवा गाउँपालिकाले पनि सूचना जारी गरी काटिसकेको धानबाली भित्राउन र काट्न बाँकी भएको भए तत्काल नकाट्न किसानहरुलाई अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here