तोलाको १ लाख ६० हजार नाघ्यो सुनको मूल्य, किन बढ्दैछ भाउ?

प्रतिकात्मक तस्विर

काठमाडौं । सुनको भाउ स्थानीय बजारमा तोलाको १ लाख ६० हजार नाघेको छ । केही दिनदेखि लगातार रेकर्ड बनाइरहेको सुनले आज पनि तोलामा १ लाख ६० हजार ४ सय रुपैैयाँको नयाँ किर्तीमानी मूल्य बनाएको हो । यो अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढी हो ।

किन बढ्दैछ सुनको भाउ?

सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै उच्च दरले बढेपछि त्यसको प्रभाव नेपाली बजारमा देखिएको हो । अमेरिकाको घट्दो ब्याजदरले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको देखिन्छ ।

अमेरिकी केन्द्रीय बैंकले हालै ब्याजदर ० दशमलव ५० प्रतिशत बिन्दुले घटाएको छ । डिसेम्बरसम्म थप ब्याजदर घट्ने चर्चाले सुनको भाउ दिनदिनै नयाँ विन्दुमा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here