४९ अंकले बढ्यो नेप्से, कारोबारमा भने गिरावट

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४९ दशमलव १८अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएर बन्द भएको हो । आज कारोबार रकम भने घटेको छ ।

अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडको मात्र कारोबार भएको हो ।

आज म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन् । बुधबार बैंकिङ १ दशमलव ८, विकास बैंक २ दशमलव ७५, फाइनान्स ३दशमलव ८०, होटल तथा पर्यटन ३दशमलव ५०, हाइड्रोपावर २दशमलव ६०, लगानी १दशमलव ५६, जीवन बीमा १दशमलव ९१, उत्पादन १दशमलव ४४, माइक्रोफाइनानस १दशमलव ४९, निर्जीवन बीमा १दशमल ६७, अन्य १दशमलव ७५ र व्यापार समूह १दशमलव ७८ प्रतिशत बढेको छ ।

आज २१० कम्पनीको मूल्य बढ्दा ३० कम्पनीको घटेको छ । यता ४ओटा कम्पनीको स्थिर रहेको छ । ५ कम्पनी विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here