धितोपत्र बोर्डको रिक्त अध्यक्ष पद परिपूर्तिको प्रक्रिया अगाडी बढ्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया अघि बढेको छ । बिहीबार बोर्ड अध्यक्ष सिफारिस समितिले यसअघि छुटेका तीन जनालाई अन्तर्वार्तामा बोलाएको छ र समितिले कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई बोलाएको हो ।

उनीहरुलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइएको छ । ३ जनाको आगामी असोज १८ गते बिहान ८ बजे अर्थमन्त्रालयमा प्रस्तुतीकरण राखिएको छ ।

बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा बोलाए पनि तीन जना गएका थिएनन् । सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ता दिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here