काठमाडौं भित्रने नागढुंगा नाका खुल्यो, जोखिम कायमै

काठमाडौं । काठमाडौंलाई बाहिरि जिल्लासँग जोडेन् मुख्य नाका नागढुंगा आइतबार रातीबाट खुलेको छ । सयौं स्थानमा गएका साना–ठूलो पहिरो छिचोल्दै सवारी साधन काठमाडौं आउने र बाहिरिने गर्न थालेका छन् ।, प्रहरीका अनुसार यो नाका झण्डै ३६ घण्टापछि आइतबार साँझ ७ बजेबाट खुलेको हो ।

सडक खुलेपनि जोखिम भने कायमै छ । यस सडक खण्डमा एक त लेन अनुशासन कायम नगर्ने चालक र कमजोर भौतिक पूर्वाधारले सवारी चलाउन जोखिमपूर्ण रहेको छ ।

केही दिन मौसम सफा भए पनि केही दिन अगाडीको वर्षातले बाटोमा अधिक अवरोध सिर्जना गरेको हो । अहिले मुग्लिन–नारायणगढ र मुग्लिन–पोखरा खण्डमा भने ठूलो अवरोध छैन ।

तर, काठमाडौं छिर्ने नाका क्षेत्रमै भने अत्यधिक जोखिममा सवारी साधन चलाउनु पर्ने बाध्यता छ । अन्य नाका भने अझै पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । झ्याप्ले खोलामा गएको पहिरोमा ३५ यात्रुको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here