यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्री अबिया अहमदलाई

काठमाडौं, २४ असोज । यस वर्षको नोबेल शान्ति पुस्कार इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई प्रदान गरिने भएको छ ।

प्रधानमन्त्री अहमदले इथियोपियाको छिमेकी मुलुक इरिट्रियासँग वर्षौंदेखि जारी रहिआएको द्वन्द्व समाधान गर्न महत्वपूर्ण योगदान पुर्याय बापत उक्त पुरस्कार दिन लागिएको नोबेल कमिटीले बताएको छ ।

कमिटीले प्रस्तुत गरेको वक्तव्यमा प्रधानमन्त्री अहमदले दुई देशबिच शान्ति र राम्रो सम्बन्ध स्थापना गर्न तथा अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा निर्णायक भूमिका निर्वाह गरेको कारण उक्त पुस्कार प्रदान गरेको कुरा उल्लेख छ ।

इथियोपियाका प्रधानमन्त्री हाल ४३ वर्षका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here