मन्थली–काठमाडौँ यातायात बिहानदेखि अवरुद्ध

काठमाडौं । गत शनिबार गएको बाढी र पहिरोले गर्दा लामो समयसम्म बन्द मन्थली–काठमाडौँ यातायात आज बिहानदेखि अवरुद्ध भएको छ। मन्थली काठमाडौं सडकका कारण तीन दिनअघि मात्र नियमित भएको थियो ।

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरेमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो।

मन्थलीबाट खुर्कोट तथा नेपालथोक–काठमाडौँसम्म आउने सड खुर्कोटमा भएको पुल बगाएपछि बन्द छ। त्यस्तै र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौँ आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो।

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौँ जाने र तीनै स्थानका लागि काठमाडौँबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here