दशैंलाई कोशेली : तीन चलचित्र एक साथ प्रदर्शनमा

काठमाडौं । दशैंको बिदामा चलचित्र हेर्ने योजनामा हुनुहुन्छ ? यस पटक निर्माताले तपाईलाई तीन अवसर प्रदान गरेका छन् । चाडपर्वको मौकामा एक साथ तीन वटा चलचित्र प्रदर्शनमा आउँदैछन् ।

अरू बेलाभन्दा दसैँमा दर्शक बढी चलचित्र हेर्ने गरेको पाइन्छ । यसो हुनुमा एक त परिवार एक साथ जम्मा भएको मौका हुन्छ । अर्को बिदाको समय हुन्छ । तेस्रो यो समय खर्चं गर्ने पैसा पनि दर्शनसँग सामान्य समय भन्दा धेरै हुन्छ ।

असोज २४ अर्थात् फूलपातीकै दिन पारेर एकैसाथ तीन वटा चलचित्र प्रदर्शनको तयारीमा छ । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’, दीपक–दीपा क्याम्पबाट छुट्टिएका कलाकार जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाइँसाहेब’ र भोजपुरी चलचित्रबाट निरन्तर चम्किरहेका कलाकार विराज भट्टको ‘१२ गाउँ’ प्रदर्शन हुँदैछन् ।

दर्शकलाई हलमा छनोटको अवसर पनि छ । शनिबार छक्का पन्जाले समेत आफ्नो टेलर सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here