ओरालो लाग्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य कमी आएको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here