गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको सितापाइला सोल्टी दोबाटो चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको पनौती बस्ने ३० वर्षीय नवीन परियार छन् ।

उनको बा ४४ प ५९०१ नम्बरकोमोटर साइकललाई बागमती प्रदेश–०१–००२ ज ६७७० नम्बरको इभी गाडीले आइतबार राति ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक परियारको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले इभी गाडीका चालकलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here