यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा

काठमाडौं । यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा भएको छ । यो पुरस्कार दुई अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले संयुक्त रूपमा पाउने भएका छन् । नोबेल पुरस्कार समितिले ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई जना अनुसन्धानकर्तालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

माइक्रोआरएनएले जिनहरूको गतिविधि नियमन गर्छ । मानव जातिमा विभिन्न माइक्रोआरएनएका लागि एक हजार वटाभन्दा धेरै जिन भएको पत्ता लागिसकेको नोबेल समितिले जनाएको छ ।

जटिल संरचना भएका जीवहरूको उद्विकास माइक्रोआरएनएले गर्नै जिन रेगुलेशन विधिका कारण सम्भव भएको ठानिन्छ । अध्ययनहरूले माइक्रोआरएनए नहुँदा कोष र तन्तुको विकास सामान्य रूपमा हुन नसक्ने देखाएका छन् । विजेताले संयुक्त रूपमा एक करोड १० लाख स्विडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here