दशैं र तिहारमा डिजिटल दक्षिणा,वालेटमा दैनिक ३० पटकसम्म रकम जम्मा गर्न पाईने

काठमाडौं । अब भुक्तानी सेवाप्रदायक कम्पनीहरुले संचालनमा ल्याएका वालेटमा दशैं र तिहारमा दैनिक ३० पटकसम्म रकम जम्मा गर्न पाईने भएको छ ।

नेपाल राष्ट्र बैंकद्धारा जारी सूचनामा यस्ते जानकारी दिइएको छ । बैंकका अनुसार असोज २१ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १५ गतेदेखि कार्तिक २२ गतेसम्मका लागि हरेक दिन ३० पटकसम्म कारोबार गर्न सकिने छ ।

यसअघि एक वालेट खातामा एक दिनमा १० पटकसम्म कारोबार गर्न पाईने सुविधा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here