नेपाल बैंक र समाज डेण्टलविच छुट सम्झौता, कर्मचारी र ग्राहकले लाभ लिन सक्ने

`
काठमाडौं । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरुमा रहेका क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा छुट हुने भएको छ । यसका लागि बैंक र अस्पतालले एक सम्झौतामा हस्ताक्षर गरेको नेपाल बैंकले एक विज्ञप्तिमार्फत जानकरी दिएको छ ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई विल रकमको १५ प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरुलाई १० प्रतिशतले छुट हुने छ ।

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौंको नयाँ बानेश्वर, बसुन्धरा, पेप्सीकोला, जोरपाटी, सितापाइला, भक्तपुरको कौशलटार, ललितपुरको जावलाखेल, ईमाडोल र काभ्रेपलाञ्चोकको बनेपामा रहेका समाज डेण्टल अस्पतालका क्लिनिकहरुले प्रदान गर्ने दन्त र मुखसम्बन्धी उपचार सेवा लिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here