विनासकारी मिल्टन आँधी अमेरिकाको फ्लोरिडामा

काठमाडौं । विनाशकारी’ आँधी मिल्टन अमेरिकाको फ्लोरिडा पुगेसँगै हजारौं मानिसलाई विष्थापित बनाएको छ । बुधबार साँझ बस्ती नजिकै आँधी आइपुग्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह गरेका थिए ।

बीबीसीका अनुसार सरकारले सुरक्षा तयारी तीव्र बनाइरहेको छ । आँधी सारासोटा हुँदै फ्लोरिडातिर सरिरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

आधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिस निकाल्ने समय अब सकिएको छ र लाखौं मानिस पहिले नै आफ्नो घर छोडेर भागेका छन् ।

यसअघि राष्ट्रपति जो बाइडेनले जनतालाई यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए। उनले आँधीबाट जनतालाई बचाउने सरकारको प्रयासको विरूद्ध डोनाल्ड ट्रम्पको कथित प्रचारको आलोचना गरेका थिए ।

राष्ट्रपति बाइडेनले यो श्रेणी ५ को आँधी शताब्दीमा राज्यमा आइपररेको सबैभन्दा भीषण प्राकृतिक विपत्ति हुनसक्ने चेतावनी दिएका छन् । सम्भावित प्रभावितलाई आग्रह गर्दै बाइडेनले मंगलबार नै भनेका थिए, ‘यो जीवन र मृत्युको कुरा हो, अतिशयोक्ति होइन ।’

राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले हेलेन आँधीपछिको आपत्कालीन प्रतिक्रियाबारे निराशाको फाइदा उठाएका छन् । उनले विपद् रकम आप्रवासीहरूमा खर्च गरिएको झुटो दाबी गर्दै गलत सूचना फैलाएर यसलाई बढावा दिएका हुन् । बाइडेनले ट्रम्पको टिप्पणीलाई ‘गैरअमेरिकी’ भनेर आलोचना गरेका छन् भने उपराष्ट्रपति कमला ह्यारिसले सङ्घीय प्रतिक्रियामा गलत सूचनाको खतराबारे चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here