२१ घण्टाको विमानस्थल सञ्चालन समय १४मा झार्दै, बिहान ८ बजेसम्मका उडान कटौती

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले २१ घण्टा विमानस्थल सञ्चालन समय १४ घण्टामा सिमित गर्ने भएको छ । उडान सिमित गर्दा हाल भइरहेका राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको समेत स्पष्ट पारेको छ ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृिद्ध गर्ने उद्देश्यले आगामी कात्तिक २३ गतेदेखि लागू हुने गरी करिब छ महिना हालको उडान समय १४ घण्टामा सीमित हुने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

नेपाल र सम्बन्धित मुलुकबीचका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यताबमोजिम विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक उडान संख्या व्यवस्थापन गरिएको जानकारी प्राधिकरणले दिएको छ ।

विमानस्थलको पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार हुनेछ ।

प्रचलित कानुनले तोकेको सीमाको पालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरीत उड्डयन क्रियाकलाप नगर्न र नगराउन सम्बद्ध पक्षलाई आग्रह गर्दै गरेको छ । त्यस्तै प्राधिकरणले कुनै उड्डयनसँग सम्बन्धित सेवा प्रदायक कम्पनीले कानुनी व्यवस्थाको बर्खिलाप हुनेगरी काम गरेमा कारबाही गरिने जनाएको छ । प्राधिकरणले विमानस्थलमा अहोरात्र खटेर २४सै घण्टा हवाई सेवा प्रदान गर्ने सम्पूर्ण उड्डयनकर्मी तथा राष्ट्रसेवकमा धन्यवाद समेत व्यक्त गरेको छ ।

प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई प्राधिकरणले विशेष अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here