जहाज उडाउँदा उडाउँदै क्याप्टेनको मृत्यु भएपछी

अमेरिकाको सिएटलबाट टर्कीको इस्तानबुल जाँदै गरेको टर्किस एयरलाइन्सको जहाज उडाइरहेका क्याप्टेनको मृत्यु भएको छ । जहाज उडिरहेको बेलामा क्याप्टेनको मृत्यु भएपछी इमर्जेन्सी ल्यान्डिङ गरिएको छ।

जहाज उडाइरहँदा ५९ वर्षीय क्याप्टेन इल्सिहिन पेहलिभान अचानक अचेत भएका थिए। करिब ८ घण्टाको उडानपछि उनी अचेत भएका हुन् ।

उनलाई जहाजमै होशमा ल्याउने प्रयास गरिएको थियो । जहाजमा पटकपटक पनि उनलाई होसमा ल्याउने प्रयास गरेपनि उनको ज्यान जोगाउन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था द न्यू योर्क टाइम्सले जनाएको छ।

उनको ज्यान जोगाउन नसकेपछि को -पाइलटले इमर्जेन्सी ल्यान्डिङ गर्ने निर्णय गरेका थिए। उक्त जहाजलाई बुधबार बिहान ५:५७ बजे न्यू योर्कमा इमर्जेन्सी ल्यान्डिङ गराइएको थियो।

उनको केही समयअघि मात्र गरिएको जाँचमा पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको टाइम्सको समाचारमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here