एकतर्फी खुलेको विपी राजमार्ग पुनः अवरुद्ध

काठमाडौं । एकतर्फी खुलेको विपी राजमार्ग पुनः अवरुद्ध भएको छ , प्रहरीका अनुसार काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित ११ पिप्लेमा पहिरो सुख्खा पहिरो खसेको छ । यसले राजमार्ग पुनः अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम जारी रहेको समेत प्रहरीले जनाएको छ ।

आज कान्ति लोकपथ समेत अवरुद्ध रहेको प्रहरीले जनाएको छ । कान्तिलोकपथको विभिन्न स्थानका पहिरो हटाउन आज राजमार्ग बन्द गरिएको हो । अन्य राजमार्ग भने सूचारु रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here