भाटभटेनीका मालिक गुरुङले दान दिएको जग्गामा एमाले मूख्यालय बन्ने, प्रधानमन्त्रीले गरे शिलान्यास

काठमाडौं । कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरिएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको शिलान्याश गरेका हुन् ।

कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा रहेको उक्त जग्गा भटभटेनीका सञ्‍चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउन दान दिएको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

उनका अनुसार गुरुङ दम्पतीले दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ । साथै उनले उक्त भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको बताए ।

एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

यता, पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमाले निकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए । उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here