वुमेन्स साफ च्याम्पियसिप २०२४ मा भाग लिन पाकिस्तानको टीम नेपाल आयो

काठमाडौं । वुमेन्स साफ च्याम्पियसिप २०२४ मा सहभागी हुन काठमाडौं आइपुग्ने पाकिस्तान पहिलो टिम भएको छ । पाकिस्तान आइतबार मध्य रात नेपाल आइपुगेको हो ।

पाकिस्तानी स्पोर्टस बोर्डले अन्तिम समयमा स्विकृति दिएपछि टिमको नेपाल जाने बाटो खुलेको हो । बोर्डले स्विकृत दिन आनाकानी गरेपछि पाकिस्तानको सहभागिता अन्यौलमा परेको थियो ।

पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ रहेको छ र उसका प्रतिद्वन्द्वी भारत र बंगलादेश रहेका छन् ।

बिहीबार हुने उद्घाटन खेलमा पाकिस्तानले पाँच पल्टको च्याम्पियन भारतको सामना गर्नेछ । समूह ‘बी’ आयोजक नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन् ।

त्यसमध्ये माल्दिभ्स सोमबार काठमाडौं आइपुग्नेछ । डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भारत र श्रीलंका मंगलबार आइपुग्नेछन् भने भुटान बुधबार मात्रै आइपुग्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here