आजबाट सरकारी कार्यालय खुल्दै

काठमाडौं । दशैंमा बन्द भएका सरकारी कार्यालय आजबाट खुल्दैछन् । सरकारी कार्यालयमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको हो । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा खुल्ने छन् । आज दशैंको त्रयोदशी हो ।

बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउयने चलन भए पनि कतैकतै पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ । खासगरी मान्यजनबाट टाढा भएकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका थाप्न पुग्छन् ।

यस वर्ष कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार परेको छ । कोजाग्रत पूर्णिमामा दशैंघर वा पूजाकोठामा राखिएको जमरा र पूजा सामग्री बिसर्जन गरेपछि दशैं सकिन्छ ।

दशैं सकिने संघारमा रहेको र सरकारी कार्यालय पनि खुलिसकेकाले गाउँघर गएकाहरु आफ्नो कर्मथलो फर्किने क्रम ह्वात्तै बढेको छ । त्यसैले सडक क्षेत्रमा मानिस र सवारी साधनको चाप पनि बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here