बजार मूल्यवृद्धि औसत ३.८५ प्रतिशत

फाइलफोटो

काठमाडौं । २०८१ भदौमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ३.८५ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो ।

सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.०३ र गैर–खाद्य तथा सेवा समूहको ३.१९ प्रतिशत छ । गत वर्ष सोही अवधिमा यी समूहहरुको मूल्यवृद्धि क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशत रहेको राष्ट्र बैंकलेृ जनाएको छ ।

सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.८०, तरकारीको ९.८४, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ र फलफुलको ४.९४ प्रतिशतले बढेको छ ।

यता मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २.६९ प्रतिशतले घटेको छ ।

यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.७१, मदिराजन्य पेय पदार्थको ६.७६, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here