सेवा रेमिटको लाइसेन्स खारेज गरिदै, ३५ दिने भित्र लेनदेन दाबी गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालीको लाइसेन्स खारेज गर्न लागेको छ । सोही प्रक्रियामा सो कम्पनीसँग कसैको लेनदेन भए ३५ दिनभित्र दाबी गर्न राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण विनियमावली ०७९ को व्यवस्था बमोजिम उक्त कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने देखिएकाले उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन -विप्रेषणसँग सम्बन्धित कारोबार मात्र० रकम बाँकी रहेको भए ३५ दिन भित्र सम्बन्धित विभागमा निवेदन दिन राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

तोकिएको मितिभित्र लिखित जानकारी प्राप्त नभएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने पनि राष्ट्र बैंकले बताएको छ ।

खारेज हुने उक्त रेमिट्यान्स कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको मितिभित्र दाबी गरेमा बैंक जमानतले खामेसम्मको रकममात्र हिसाब मिलान हुने पनि राष्ट्र बैंकको सूचनामा बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here