दोस्रो टी-२० खेलमा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । दोस्रो टी–२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ। कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन जोड्यो।

अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले ९२ रन जोडे। उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे।

नेपालका ओपनर अनिल साहले ३१ बलमा २५ रन जोड्दा अर्का ओपनर आसिफ शेख एक रनमै आउट भएका थिए। गुल्सन झाले १२ बलमा १९ रन बनाए।

कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडेर आउट भए। दिपेन्द्र सिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्के। करण केसीले एक बल खेल्दा छक्का प्रहार गरेका थिए।

यो समाचार तयार पार्दासम्म अमेरिकाले १ विकेटको क्षतिमा ८७ रन बटुलेर संतोषजनक स्थितिमा खेलिरहेको छ । सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको थियो। अब दुई टोलीबीच भोलि तेस्रो खेल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here