अब एसईई फेल भएकाले पनि सीटीईभीटीको प्रि-डिप्लोमा तह पढ्न पाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा अनुत्तीर्ण विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को १८ महिने प्रि-डिप्लोमा तह पढ्न पाउने भएका छन् । एसईईमा ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड भएपछि परिषद्ले यस्तो निर्णय गरेको बताएको छ ।

परिषद्ले प्रि(डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८१ परिमार्जन गरेर यस्तो निर्णय गरेको हो । यससँगै प्रि डिप्लोमा तहको प्रवेश परीक्षामा समावेश हुन न्यूनतम शैक्षिक योग्यता शिक्षण संस्थाबाट एसएलसी वा एसईई परीक्षामा सहभागी भएको हुनुपर्ने बनाइएको छ ।

सीटीईभीटीले कृषि, हस्पिटालिटी, स्वास्थ्य र इन्जिनियरिङ गरी चार विधामा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here