नेपाल र अमेरिकाबीच अन्तिम टी–२० खेल जारी

काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० आई खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक–एक विकेट लिए । यसअघि भएका दुवै खेल नेपालले जितेको थियो । पहिलो खेलमा १७ रनले विजयी भएको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here