अमेरिकासँगको सिरिज नेपालद्धारा क्लिनस्वीप

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ । नेपालले कुनै पनि देशविरुद्ध शतप्रतिशत जित निकाल्दै सिरिज जितेको यो पहिलो पटक हो । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले हराउन सक्यो ।

पहिलो खेल १७ रनले जितेको थियो । नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको हो । तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक–एक विकेट लिए ।

यसअघि डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक–एक विकेट लिए । यसअघि लिग(२ का लागि क्यानडामा गएको नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको थियो । अमेरिका पुगेपछि भने नेपाली खेलाडीले आशालाग्दो प्रदर्शन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here