नेपालले माल्दिभ्सलाई ११ गोलले हरायो, रेखा पौडलको पाँच गोल

काठमाडौं । नेपालले वुमेन्स साफ च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार माल्दिभ्सलाई ११–० ले पराजित गरेको छ । रेखा पौडल र प्रीति राईको ह्याट्रिकमा नेपालले ११ गोल गरेको हो । यो जितसँगै नेपालले समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ ।

दशरथ रंगशालामा भएको खेलमा रेखाले पाँच गोल गरिन् । यस्तै, प्रीति राईले ३ र सविता रानामगर, अनिता केसी र अमिशा कार्कीले एक एक् गोल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here