सामाजिक अभियन्ता उर्मिला चौधरी ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’ बाट सम्मानित

काठमाडौं । सामाजिक अभियन्ता उर्मिला चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छन् । अमेरिकी विदेश मन्त्रालयले उक्त सम्मान गरेको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित विभिन्न देशका सामाजिक अभियन्तालाई उक्त अवार्ड प्रदान गरे ।

चौधरीले नेपालमा सीमान्तिकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै उक्त पुरस्कारबाट सम्मानित गरेको हो । पूर्वकमलरीसमेत रहेकी उर्मिला चौधरीले कमलरीमुक्त अभियानमा संलग्न भएकी अभियन्ता हुन् । ११ वर्ष ‘कमलरी-जीवन’ बिताएकी उर्मिला २०६३ माघ १ मा मुक्त भएसँगै त्यही अभियानमा जोडिएकी हुन् । अहिले कानून पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गर्दै आएकी चौधरीले महिला सशक्तिकरणका लागि ४२ वटा सहकारी समूहमार्फत काम गर्दै आएकी छन् ।

अमेरिकी विदेश मन्त्रालयले चौधरीसँगै घानाका मानवअधिकारवादी अभियन्ता दिन्ती सुले तायिरु, नर्थ म्यासेडोनियाका अभियन्ता एल्भिस शाक्जिरी, मेक्सिकोको महिलावादी अभियन्ता तान्या दुआर्ते, बोलिभियाकी आदिवासी राजनीतिज्ञ तथा मानवअधिकारवादी अभियन्ता तोमासा यारहुई जाकोमे र नेदरल्यान्ड्सका अभियन्ता एवं पूर्वसांसद जोन लिर्डामलाई प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here