फेरी बढ्यो सुनको भाउ, तोलाको १ लाख १ लाख ६६ हजार रुपैयाँ नजिक

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ। सुनको मूल्य आज पुनः प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको हो । पछिल्लो समय लगातार उकालो लागिरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर प्रतितोला २१ सय रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला २१ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here