समावेशी बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन -आईसीसीआई २०२४० आजदेखि शुरु

काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन -आईसीसीआई २०२४० आजदेखि शुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २०औं संस्करण नेपालमा सुरु भएको हो ।

काठमाडौंमा भएको सम्मेलन कात्तिक ९ गतेसम्म हुने छ । सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरु तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउने सम्बन्धी रणनीतिहरु लगायतका विषयमा सहभागीहरुबीच छलफल केन्द्रित हुनेछ ।

सम्मेलनका विभिन्न सत्रहरुमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, वीमा क्षेत्रका चुनौती तथा अवसरहरु, बीमाको अन्तर र वीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतीका साथै कार्यपत्रहरुमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

सम्मेलनमा नेपाललगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था, र बीमा क्षेत्रका विज्ञहरु गरी चार सयभन्दा बढीको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here