बढ्यो अण्डाको भाउ, प्रतिक्रेट २० रूपैयाँदेखि ४० रूपैयाँ महंगो

काठमाडौं । नेपाली बजारमा अण्डाको मूल्य बढेको छ। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ४०, ठूलो अण्डा चार सय ५५ र एक्सेल अण्डा पाँच सय ४ सय ७० रूपैयाँ तोकिएको छ।

एक साता अघि किसानले मध्यम आकारको अण्डा तीन सय ९५, ठूलो अण्डा चार सय २५ र एक्सेल अण्डा चार सय रूपैयाँ पाएका थिए।

यससँगै उपभोक्ताका लागि पनि मूल्य बढेको छ । अण्डाको माग अनुसार उत्पादन कम भएकोले भाउ बढेको सम्बन्धित व्यवसायीहरु बताउँछन । उपभोक्ताले अण्डा प्रतिक्रेट २० रूपैयाँदेखि ४० रूपैयाँसम्म बढी तिर्नुपर्छ ।

अव मध्यम आकारको अण्डाको प्रतिक्रेट ४ सय ९०, ठूलो अण्डा ५ सय २० र एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच सय ३० देखि ४० रूपैयाँ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here