प्रधानमन्त्री ओली भने ‘सहकारीका ठगहरुलाई कारवाही गर्ने काम जारी छ, छिटै बचत फिर्ताको प्रक्रिया अघि बढ्छ ‘

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका ठगहरुलाई कानुनी कारवाहीको दायरामा ल्याइएको बताएका छन् । बुधबार सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सहकारीमा सर्वसाधारणको रकम अपचलन र ठगी गर्नेहरुलाई कानुनी कारबाही भइरहेको बताएका हुन् ।

साथै सो अवसरमा उनले हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको जानकारी दिए । ‘५७५ भन्दा बढी त जेलमै छन्’, उनले भने ।

प्रधानमन्त्री ओलीले ठगहरुलाई कारबाहीसँगै पीडितहरुको बचत रकम फिर्ता गराउने प्रक्रिया पनि अगाडि बढेको बताए ।

‘सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्चा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अगाडि बढाइनेछ’, ओलीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here