कोटेश्वरबाट एक जना महिला अपहरणमा, प्रहरी टोली परिचालन

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट एक जना महिला अपहरणमा परेकी छिन् । महिला अपहरणको सूचना पाएसँगै अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा परिचालित भएको छ ।

महिलालाई बन्धक बनाएर फिरौती मागेको सूचना आएको प्रहरी स्रोतले जानकारी दिएको छ । घटनाको थप बिबरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here