जब ७५ सालकी वृद्धाले जन्माइन बच्चा

राजस्थान, २७ असोज । बच्चा जन्माउनका लागि महिलाको सबैभन्दा परिपक्क उमेर २० वर्षदेखि ३५ वर्षसम्म मानिन्छ । त्यसपछिको केही वर्षसम्म पनि महिलाले सहजै बच्चा जन्माउन सक्छन् ।

त्यसपछि भने बच्चा जन्माउनु शारीरिक रुपमा निकै चूनौतिपूर्ण मानिन्छ । यो चूनौतिको सामना गर्दै ७५ वर्षमा एक महिलाले बच्चा जन्माएकी छिन् ।

भारतको राजस्थानस्थित कोटा भन्ने स्थानमा एक महिलाले करीव साढे ६ महिनाको गर्भाधानपछि बच्चालाई जन्म दिएकी हुन् ।

अत्यन्तै कमजोर शारिरीक अवस्थाका कारण कम समयमै बच्चा निकाल्नु परेको थियो । संचारमाध्यमहरुका अनुसार इन विट्रो फर्टिलाइजेशन (आईवीएफ) प्रविधिका माध्यमबाट शनिबार साँझ बच्चाको जन्म भएको हो ।

चिकित्सकहरुका अनुसार बच्चाको तौल ६ सय ग्राम मात्र रहेको छ । उनले छोरी जन्माएकी हुन् । अहिले भने बच्चा र आमा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

ती महिला निसन्तान थिइन् । यद्दपी उनले एक धर्मपुत्र भने पालेकी थिइन तर, आफ्नै कोखबाट बच्चा जन्माउने उनको धोको भने जीवनको पूवाद्र्धमा पुग्दा पनि मेटिएन, जसले गर्दा उनी एक चूनौतिपूर्ण काम पुरा गर्न सफल भइन् ।

एक ग्रामिण परिवारबाट आएकी ती महिला आफैले बच्चा जन्माउँदा निकै खुसी भएको डाक्टरलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here