भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा भारतलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन् भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ। बंगलादेश आजै भुटानलाई हराउँदै फाइनलमा पुगिसकेको छ। पाँच पटकको विजेता भारतलाई हराएको नेपालले यो दोस्रोपटक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here