ऊर्जा मन्त्री खड्का र भारतका जल मन्त्री सीआर पाटिलबीच भेटवार्ता

काठमाडौं । ऊर्जा मन्त्री दीपक खड्का र भारतका जल शक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।

जलस्रोत तथा सिँचाइमन्त्री खड्काले भारतको नयाँदिल्लीस्थित जल शक्ति मन्त्रालयमा भेट गरेकाहुन्न्त्री । भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनु पर्नेमा जोड दिएका थिए ।

मन्त्री खड्काले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन भारतलाई अनुरोध गरेको उनको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here