काठमाडौं । काठमाडौंको सीतापाइला र धादिङको धार्के जोड्ने सडक पुनः १५ दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार कात्तिक २३ गतेदेखि १५ दिनका लागि सडक बन्द गर्न लागिएको जानकारी दिएको हो ।
धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड यसअघि कात्तिक ४ गतेदेखि बन्द गरिएको थियो ।
यो अवधिमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र हलुका सवारी साधन चार पांग्रेबाहेकका सबै प्रकारका सवारी साधनहरुलाई पूर्णरुपमा रोकिने धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले कात्तिक २१ गते जारी गरेको पछिल्लो सूचनामा उल्लेख छ ।