प्रहरीले खोजिरहँदा फोन अफ गरेर बसे मनाङे

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ (दीपक मनाङे) ले आफूले मोबाइल अफ गरी बसेको बताएका छन्।

उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूलाई धेरै फोन आएर मोबाइल बन्द गरेको उल्लेख गरेका छन्।

‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहित सञ्चारमाध्यमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु,’ विज्ञप्तिमा उल्लेख छ ‘यही विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको छु, यसमा मेरो आपत्ति छ।’

उनले अन्तमा सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रूपमा प्राप्त भएपछि अदालतमा आफै उपस्थित हुने बताएका छन् ।

गत मंगलबार सर्वोच्च अदालतले मिलन गुरूङ ‘चक्रे मिलन’ को हात काटेर ज्यान मार्ने कसुरमा दोषी ठहर गरेको थियो।
दोषी ठहर गरेपनि मंगलबार नै सर्वोच्च अदालतले संक्षिप्त फैसला तयार भने गरेको थिएन।

यसैबीच प्रहरीले भने उनको खोजी गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here