राष्ट्रपतिले गरे निरौला र पाण्डेयलाई सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौं । मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले न्याय परिषदको सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त गरिएको हो ।

निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश थिए । त्यस्तै पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए । उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन समेत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here