हरिबोधिनी एकादशीमा इचंगु नारायण विशेष मेला, भिडियोसहित

हरिबोधिनी एकादशीलाई सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

आषाढ शुक्ल एकादशीको दिनमा आ आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।

आज सखरखण्ड, पिंडालुजस्त कन्दमूल र फलफूल खाने गरिन्छ ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । आज काठमाडौंका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले सार्वजनिक विदा समेत दिएका छन् ।

इचङ्गुनारायणकाे मेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here