काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित गौशाला पुगेको छ।
शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको हो ।
महानगरले यसअघि पनि अतिक्रमित जग्गामा भएका संरचना हटाउनु भनेर केही भागमा डोजर लगाएर फर्किएको थियो ।
जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर र टहरा भत्काउन सूचना जारी गरिए पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो।