काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ ।
शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ।
त्यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।
नयाँ मुल्य शनिबार बाट लागू हुने छ ।