भक्तपुर । भक्तपुरको साँखु स्थित मणिचुड दह पछिल्लाे समय पर्यटकिय गन्तव्य बनेकाे छ ।
विशेषगरि शहरकाे काेलाहलबाट विश्राम लिन चाहने तथा प्रकृतिमा रमाउन चाहनेहरुका लागि याे उपयुक्त गन्तव्य बनेकाे छ।
यहाँ पारिवारिक घुमघामका साथै पिक्निक, शैक्षिक भ्रमण तथा बिदा मनाउनका लागि काठमाडौं ,भक्तपुर तथा ललितपुरका मानिसहरु पुग्ने गरेका छन् ।
२ हजार २ सय ३० मिटरको उचाइमा रहेको याे दह साँखु बजारबाट ६ किलोमिटरको दुरीमा रहेकाे छ ।
स्थानीयका अनुसार मणिचुड राजाले राज्य चलाएको ठाउँ हुनाले यहाँको नाम मणिचुड हन गएकाे हाे । जनै पूर्णिमाको दिन मेलासमेत लाग्ने गर्दछ ।