एनआईबीएल सहभागिता फण्डको कारोबार शुरु, पहिलो दिन ४ हजार ३ सय इकाइको कारोबार

काठमाडौं, २८ असोज । एनआईबीएल सहभागिता फण्डको खरीदबिक्री कारोबार शुरु भएको छ ।

एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित एनआईबिएल सहभागिता फण्ड नामक खुलामुखी योजनाका इकाईहरु बाँडफाँड भएको तीन महिना पश्चात खरिद बिक्री सुरु हुने ब्यवस्था अनुसार सोमबारदेखि कारोबार शुरु भएको हो ।

योजनाका इकाईहरु एनआईबिएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु बिराटनगर, बिरगञ्ज, लगनखेल, बुटवल, पोखरा तथा लालदरबारबाट खरीदबिक्री गर्न सकिन्छ । त्यस्तै, नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु बिर्तामोड, लालवन्दी, बीरगञ्ज, सिपाडोल, नारायणगढ, हेटौंडा, नेपालगंज, तुलसिपुर, सुर्खेत तथा धनगढी बाट समेत खरिद बिक्री गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कारोवारको पहिलो दिन २८०० इकाई बिक्री तथा १५०० इकाई पुर्नखरीद भएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here