दरबारमार्ग क्षेत्रमा एमालेको प्रदर्शन हुने भएपछी ट्राफिक प्रहरीले दियो वैकल्पिक रुट

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ । आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौंका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेपछी बैकल्पिक रुट तयार गरिएको हो ।

एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको ले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ ।

दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here