काठमाडौं । मनकामना केवलकार सेवा सुभारम्भको २६औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । डिजिटल प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै यस प्रविधिलाई हालकै नवीनतम् प्रणालीमा स्तरोन्नति गरिएको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।
कम्पनीका अनुसार मनकामनामा केवलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट संचालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तब्य बनाउने लक्ष्य रहने बताइएको छ । संचालनमा आएपछि मनकामनामा शुरूवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिदैं आएको छ । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको छ ।
स्व. लक्ष्मण बाबु श्रेष्ठकै पालादेखि सामाजिक व्यवसायिक उत्तरदायी नीति अंगालेकोमा मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएको छ । सिएसआर अन्तर्गत केवुलकार टिकट आम्दानीको कुल रकमको १ प्रतिशत÷१ प्रतिशत का दरले कुल २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि भनी वर्षेनी सहयोग गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीलाई यहाँ सम्म ल्याई पु¥याउन मद्दत गर्ने सम्पुर्ण यात्रुजनहरू, शहिद लखन गाउँपालिका तथा ईच्छाकामना गाउँपालिका तथा दुवै गाउँपालिकाका हाम्रा सहयोगी मित्रहरू, स्थानीय प्रशासनहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथ अन्य सरकारी निकायहरू र हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पुर्णमा यस कम्पनी हार्दिक कृतज्ञता एवं आभार प्रकट गरेकाछन् ।