काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
लामिछानेलाई गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछी आज फेरि अदालत उपस्थित गराइएको हो ।
उनलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।