१३ अंकले घट्याे नेप्से परिसुचक,काराेबारमा पनि कमि

, काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १३.०३ अंक घटेको छ । सेयर बजार २६६७ अंकमा झरेर बजार बन्द भएको हो । अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ७२ करोडको भयो ।

५५ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने ८ को स्थिर रहेकाे छ । आज लगानी र उत्पादनबाहेक सबै घटेका छन् । लगानी ०.०८ तथा उत्पादन समूह ०.६८ प्रतिशत बढेकाे नेप्सेले जानकारी दिएकाे छ।

बैंकिङ ०.५४, विकास बैंक १.६३, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.४९, हाइड्रोपावर ०.४१ प्रतिशत घटेकाे हाे । जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.९४, निर्जीवन बीमा समूह ०.१७, अन्य ०.७१ र व्यापार समूह ०.०७ प्रतिशत घटेकाे छ ।

थ्रीस्टार हाइड्रोपावरको ९.९१ प्रतिशत मूल्य बढ्यो । ङादी ग्रुपको ९.५८, जानाकी फाइनान्सको ८.०७, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.६१, सामुदायिक लघुवित्तको ६.६, बेस्ट फाइनान्सको ६.१० तथा सान्जेन जलविद्युतको ३.८६ प्रतिशत मूल्य बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here